काठमाडौं । जुनियर अधिकृत(बरिष्ठ सई) सम्मको सरुवाको अधिकार प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ । प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्लामा सरुवा गर्दैआएको छ ।
यसैक्रममा करिब २ महिनाअघि नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय बागमतीले प्रहरीको सरुवा गरेको थियो । जसमा लामो समय जिल्ला र मातहतका कार्यालयमा लामो समय मुद्दा शाखामा बसेका सई र बरिष्ठ सईहरुको सरुवा गरेको थियो । तर प्रदेश प्रहरी कार्यालयले सरुवा गरेको २ महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय चितवनका बरिष्ठ सई युवराज पाण्डे खटाएको प्रहरी कार्यालयमा हाजिर हुन गएका छैनन् ।
बरिष्ठ सई पाण्डेको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ । तर उनी रमाना बुझेर खटाएको कार्यालयमा गएका छैनन् । चितवनका एसपी गोविन्द पुरीले उनलाई रमाना दिएर पठाउनुपर्नेमा सुबेदार मेजरको जिम्मेवारी दिएर राखेका छन् ।
पाण्डे धादिङ नजानका लागि बरु मुद्दा शाखा छाड्न तयार भएपछि एसपी पुरीले उनलाई सुबेदार मेजरको जिम्मा दिएका छन् । धादिङ सरुवा भइसकेपछि रमाना दिनुको साटो एसपी पुरीले एक महिनाअघि उनलाई सुमेको जिम्मेवारी दिएका छन् ।
पाण्डे सई हुँदा पनि चितवनको मुद्दामा कार्यरत थिए । बरिष्ठ सई बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामै पदस्थापन भएका थिए । पर्सा पदस्थापन भएका पाण्डे फेरि चितवनमै फर्किएर आए । बढुवा हुनुअघि कार्यरत रहेको ठाउँमा पुनः त्यहीँ आउन नपाउने नीति छ । तर त्यो नीति बिपरीत उनी चितवनमै आएका थिए । सई हुँदा चितवनको मुद्दा शाखा, इप्रका खैरहनीमा पनि मुद्दामा बसेका थिए भने प्रहरी चौकी जुटपानीको इन्चार्ज भएका थिए ।
चितवनमा आउने एसपीलाई प्रभावमा पारी मुद्दामा पनि बस्ने, आकर्षक चौकीको इन्चार्ज पनि हुँदैआएका पाण्डेको घर गोर्खा हो । अहिले उनले चितवनको रत्ननगर बकुलरमा घर बनाइरहेका छन् । दरबन्दी अन्यत्र भएका र काजमा बसेकालाई सुबेदार मेजर, मातहतका चौकी इन्चार्ज जस्ता महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन छैन । तर एसपी पुरीले उनलाई सुबेदार मेजरको जिम्मा दिएका छन् ।
धादिङ घर भएका डीएसपी रविन्द्र खनालले संरक्षण गरेका कारण एसपी पुरीले पाण्डेलाई रमाना दिन नसकेको बताइएको छ । खनालले ५ जना घुमुवा राखी बिगत तीन महिनादेखि नै असुली अभियान चलाउँदैआएका छन् । एसपी पुरीसमेत गुमराहमा छन् ।
पाण्डेमाथि समुदायसँग मागेर ल्याएको सहयोगमा समेत आफ्नो नेमप्लेट हालेर प्रचार गरेको आरोप छ । उनले रत्ननगरमा रहेको एसवाई प्यानलको सौजन्यमा मुद्दा शाखाको कार्यकक्ष बनाए तर आफैंले बनाएको जस्तो गरी आफ्नो नाम राखेको प्रष्ट देख्न सकिन्छ । उक्त कार्यकक्ष बनाउँदा एसपी रामेश्वर कार्की थिए ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले सरुवा गर्ने तर कार्यान्वयन भए नभएको अनुगमन गर्ने गरेको छैन । जसका कारण बर्षौैैैंदेखि मुद्दा शाखामा बसेकाहरु अटेर गर्दै रमाना नै नलिई चुनौती दिइरहेका छन् । चितवनमा बर्र्षौदेखि कार्यरत बरिष्ठ सई पाण्डे प्रतिनिधि पात्र हुन्, बागमती प्रदेशका अरु जुनियर अधिकृतहरुले समेत रमाना लिए नलिएको प्रदेशले अनुगमन नगरेको गुनासो छ । जिल्लाबाट रमाना नदिने होे भने सरुवा नै किन गर्नुपरेको हो भन्ने प्रश्न पनि बागमती प्रदेशका डीआईजी अरुण पौडेलतिर सोझिएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend