काठमाडौं । जुनियर अधिकृत(बरिष्ठ सई) सम्मको सरुवाको अधिकार प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ । प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्लामा सरुवा गर्दैआएको छ ।
यसैक्रममा करिब २ महिनाअघि नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय बागमतीले प्रहरीको सरुवा गरेको थियो । जसमा लामो समय जिल्ला र मातहतका कार्यालयमा लामो समय मुद्दा शाखामा बसेका सई र बरिष्ठ सईहरुको सरुवा गरेको थियो । तर प्रदेश प्रहरी कार्यालयले सरुवा गरेको २ महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय चितवनका बरिष्ठ सई युवराज पाण्डे खटाएको प्रहरी कार्यालयमा हाजिर हुन गएका छैनन् ।
बरिष्ठ सई पाण्डेको सरुवा जिल्ला प्रहरी कार्यालय धादिङमा भएको छ । तर उनी रमाना बुझेर खटाएको कार्यालयमा गएका छैनन् । चितवनका एसपी गोविन्द पुरीले उनलाई रमाना दिएर पठाउनुपर्नेमा सुबेदार मेजरको जिम्मेवारी दिएर राखेका छन् ।
पाण्डे धादिङ नजानका लागि बरु मुद्दा शाखा छाड्न तयार भएपछि एसपी पुरीले उनलाई सुबेदार मेजरको जिम्मा दिएका छन् । धादिङ सरुवा भइसकेपछि रमाना दिनुको साटो एसपी पुरीले एक महिनाअघि उनलाई सुमेको जिम्मेवारी दिएका छन् ।
पाण्डे सई हुँदा पनि चितवनको मुद्दामा कार्यरत थिए । बरिष्ठ सई बढुवा भएपछि जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामै पदस्थापन भएका थिए । पर्सा पदस्थापन भएका पाण्डे फेरि चितवनमै फर्किएर आए । बढुवा हुनुअघि कार्यरत रहेको ठाउँमा पुनः त्यहीँ आउन नपाउने नीति छ । तर त्यो नीति बिपरीत उनी चितवनमै आएका थिए । सई हुँदा चितवनको मुद्दा शाखा, इप्रका खैरहनीमा पनि मुद्दामा बसेका थिए भने प्रहरी चौकी जुटपानीको इन्चार्ज भएका थिए ।
चितवनमा आउने एसपीलाई प्रभावमा पारी मुद्दामा पनि बस्ने, आकर्षक चौकीको इन्चार्ज पनि हुँदैआएका पाण्डेको घर गोर्खा हो । अहिले उनले चितवनको रत्ननगर बकुलरमा घर बनाइरहेका छन् । दरबन्दी अन्यत्र भएका र काजमा बसेकालाई सुबेदार मेजर, मातहतका चौकी इन्चार्ज जस्ता महत्वपूर्ण जिम्मेवारी दिने प्रचलन छैन । तर एसपी पुरीले उनलाई सुबेदार मेजरको जिम्मा दिएका छन् ।
धादिङ घर भएका डीएसपी रविन्द्र खनालले संरक्षण गरेका कारण एसपी पुरीले पाण्डेलाई रमाना दिन नसकेको बताइएको छ । खनालले ५ जना घुमुवा राखी बिगत तीन महिनादेखि नै असुली अभियान चलाउँदैआएका छन् । एसपी पुरीसमेत गुमराहमा छन् ।
पाण्डेमाथि समुदायसँग मागेर ल्याएको सहयोगमा समेत आफ्नो नेमप्लेट हालेर प्रचार गरेको आरोप छ । उनले रत्ननगरमा रहेको एसवाई प्यानलको सौजन्यमा मुद्दा शाखाको कार्यकक्ष बनाए तर आफैंले बनाएको जस्तो गरी आफ्नो नाम राखेको प्रष्ट देख्न सकिन्छ । उक्त कार्यकक्ष बनाउँदा एसपी रामेश्वर कार्की थिए ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले सरुवा गर्ने तर कार्यान्वयन भए नभएको अनुगमन गर्ने गरेको छैन । जसका कारण बर्षौैैैंदेखि मुद्दा शाखामा बसेकाहरु अटेर गर्दै रमाना नै नलिई चुनौती दिइरहेका छन् । चितवनमा बर्र्षौदेखि कार्यरत बरिष्ठ सई पाण्डे प्रतिनिधि पात्र हुन्, बागमती प्रदेशका अरु जुनियर अधिकृतहरुले समेत रमाना लिए नलिएको प्रदेशले अनुगमन नगरेको गुनासो छ । जिल्लाबाट रमाना नदिने होे भने सरुवा नै किन गर्नुपरेको हो भन्ने प्रश्न पनि बागमती प्रदेशका डीआईजी अरुण पौडेलतिर सोझिएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend