भरतपुर । नारायणगढमा रहेको वडा प्रहरी कार्यालयमा विभिन्न प्रकारका अनियमितता तथा आर्थिक चलखेलका आरोपहरू सार्वजनिक भएका छन् ।
स्थानीय व्यवसायी तथा सर्वसाधारणले प्रहरीको व्यवहार र गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक कुशराज कार्कीको कार्यशैली र प्रभावकारिताबारे स्थानीय स्तरमा गम्भीर बहस सुरु भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीहरू र स्थानीयस्तरमा उठेका गुनासापछि कार्यालय आसपासको अवस्था र प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको हो ।
दुई साताअघि स्थानीय एक पत्रकारले फेसबुकमार्फत् वडा प्रहरी कार्यालय नजिकै अवैध गतिविधि भइरहेको भन्दै सार्वजनिक पोस्ट गरेपछि यो विषय थप चर्चामा आएको हो । उक्त पोस्ट सार्वजनिक भएपछि स्थानीय बासिन्दा, सामाजिक अगुवा तथा सरोकारवालाबीच प्रहरीको निगरानी र नियन्त्रण क्षमताबारे बहस तीव्र बनेको देखिन्छ । कमजोर कमाण्डका सुरक्ष चुनौती र डन शैलीको देखिएको छ ।
यस्तै, लाइसेन्स नभएका वा नियमविपरीत सञ्चालन भएका मोटरसाइकल नियन्त्रणमा लिएर आर्थिक लेनदेनको आधारमा छाड्ने गरिएको दाबी गरिएको छ ।
नारायणगढ क्षेत्रका अधिकांश दोहोरी साँझ तथा रोधीघरबाट मासिक रकम असुल्ने र त्यसबापत अवैध गतिविधि सञ्चालन गर्न छुट दिने गरिएको व्यवसायीहरूको आरोप छ। समयमै रकम नदिएको अवस्थामा प्रहरी आफैं दोहोरी साँझभित्र प्रवेश गरी ग्राहकलाई समेत बाहिर निकाल्ने र व्यवसायमा अवरोध पुर्याउने गरेको गुनासो छ ।
स्थानीयले सडक किनारमा सानो व्यवसाय गर्ने अशक्त व्यक्तिहरूमाथि समेत प्रहरीबाट दुव्र्यवहार हुने गरेको बताएका छन् । चिया पसलेहरूको ग्यास सिलिन्डरसम्म नियन्त्रणमा लिएर दबाब दिने गरिएको आरोप लगाइएको छ ।
यातायात व्यवसायीहरूका अनुसार माइक्रो तथा बस सञ्चालकसँग नियमित बार्गेनिङ गरिने र रोक्न नमिल्ने स्थानमा समेत यात्रु रोक्न दबाब दिने गरिएको छ । चितवन भएर जाने रात्रीबस, माइक्रोबस र विभिन्न ट्रान्सपोर्टका सवारी साधनबाट मासिक रूपमा रकम उठाउने गरिएको छ । अन्य जिल्लातर्फ जाने गाडीमार्फत् अवैध सामग्री ओसारपसार हुने भए पनि वडा प्रहरीका प्रहरी निरीक्षक कार्कीकै नेतृत्वमा कारबाही भन्दा आर्थिक लेनदेनमै केन्द्रित हुने गरेको आरोप छ ।
स्थानीयहरूका अनुसार देशकै केन्द्रभाग नारायणगढबाट विभिन्न ठाउँबाट दैनिक रूपमा शंकास्पद सामग्री बोकेका दर्जनौं सवारी साधन आवतजावत गर्छन् । तर, नियमित चेकजाँच र कानुनी कारबाही कमजोर देखिएको भन्दै इलाकाभित्रबाटै संरक्षण भइरहेको आशंका बढेको छ ।
त्यसैगरी लागुऔषध तथा गाँजा बरामदका घटनामा समेत सेटिङ हुने गरेको आरोप छ । रकममा कुरा मिले विषय बाहिर नल्याउने र नमिले कारबाहीको धम्की दिने गरिएको स्थानीय स्रोतको दाबी छ ।
होटल, क्लब, रोधीघर तथा दोहोरी साँझ सञ्चालकहरूबाट रकम उठाउन सिभिल प्रहरी तथा चालक परिचालन गरिने र प्रहरी कार्यालयभित्र सीसीटीभी नभएको कोठामा लगेर रकम मागिने गरिएको आरोप पनि छ ।
स्थानीय स्रोतका अनुसार केही यातायात संस्थाबाट मासिक रूपमा रकम असुली हुने गरेको दाबी गरिएको छ । नारायणगढ यातायातबाट करिब १५ हजार रुपैयाँ तथा नेपाल माइक्रोबाट १०–१५ हजार रुपैयाँसम्म उठाइने गरेको उल्लेख गरिएको छ । तर यसले प्रहरीको कार्यशैली, निगरानी प्रणाली र पारदर्शिताबारे पुनः गम्भीर बहस सुरु गरिदिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा हालै रामेश्वर पौडेल जस्ता सक्षम एसपी आएपछि पनि कार्कीको असुली नरोकिएपछि कारबाही गर्न स्थानीयले जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा उजुरी दिइसकेको स्रोतको दाबी छ ।
दुई महिनाअघिमात्र नारायणगढको क्याम्पाचौरमा भएको कार्यक्रममा प्रशासनले मदिरा निषेध गरे पनि उनले आफूखुसी मदिरा बिक्रीका लागि सेटिङ गरेको थाहा पाएपछि रोकिएको थियो । त्यो बेला ४० कार्टुन बियर आयोजकबाट जफत गरे पनि २० कार्टुनमात्र देखाई अरु गायब बनाइएको थियो ।
सो खबर स्थानीय सफल खबरका संवाददाता संकल्प सापकोटाले उजागर गरेपछि उनको क्यामरासमेत निरीक्षक कार्कीको टोलीले फुटाइदिएका थिए । तोडफोड भएको क्यामराको क्षतिपूर्ति दिने सहमति यसअघिका एसपी गोविन्द पुरीकै रोहबरमा भए पनि हालसम्म पनि सापकोटाले पाउन सकेका छैनन् ।
आयुष्मान मोटरवोटसँग सेटिङ गरी नदी किनार कब्जा गर्न दिएको आरोप पनि छ । आयुष्मान मोटरबोटसँग सेटिङ गरी महिनावारी लिने गरेको आरोप पनि कार्कीमाथि लाग्दैआएको छ । नारायणी नदी किनारामा मोटरबोट चढ्न पुग्नासाथ जोकोहीले आयुष्मानको दादागिरी देख्ने र भोग्ने गर्दैआएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend