वासिंगटन डिसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्नेलाई ५० लाख डलर पुरस्कार घोषणा गरेको छ ।
विश्वको सबैभन्दा ठूलो लागुऔषध तस्करहरू मध्ये एक भएको आरोप लगाउँदै अमेरिकाले उनलाई पक्राउ गर्ने जानकारी दिनेलाई दोब्बर बढाएर ५० मिलियन डलर पुरस्कार दिने घोषणा गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मादुरोको लामो समयदेखि आलोचक हुन्, जो जनवरीमा मतदानमा धाँधलीको आरोपले बिग्रिएको चुनाव पछि पुनः कार्यालयमा फर्केका थिए। भेनुजुएलाको सो मत परिणामलाई अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो ।
महान्यायाधिवक्ता पाम बोन्डीले भने कि अमेरिकाले पहिले नै घोषणा गरेको २५ मिलियन डलरको पुरस्कार दोब्बर हुनेछ । राष्ट्रपति मादुरो प्रत्यक्ष रूपमा लागूपदार्थको तस्करी कार्यमा संलग्न रहेको उनको दावी छ।
बिहीबार एक्समामा पोष्ट गरिएको भिडियोमा बोन्डीले मादुरोलाई ट्रेन डे अरागुआ, भेनेजुएलाको यो गिरोह, जसलाई ट्रम्प प्रशासनले आतंकवादी संगठन घोषणा गरेको छ र मेक्सिकोमा रहेको शक्तिशाली आपराधिक नेटवर्क सिनालोआ कार्टेलजस्ता समूहहरूसँग समन्वय गरेको आरोप लगाए ।
उनले युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशनले ‘मदुरो र उनका सहयोगीहरूसँग जोडिएको ३० टन कोकेन जफत गरेको र झण्डै सात टन मादुरो आफैंसँग जोडिएको’ दाबी गरेका छन । तर, मदुरोले यसअघि पनि लागुऔषध तस्करीमा आफ्नो प्रत्यक्ष संलग्नता रहेको अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएका छन् ।
भेनेजुएला सरकारले बोन्डीको टिप्पणीलाई सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन तर मादुरोले पहिले त्यस्ता दावीहरूलाई अस्वीकार गरिसकेका छन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend