Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भेनेजुएलाका राष्ट्रपति मादुरोले न्युयोर्कको अदालतमा भने–म निर्दोष छु, अपहरण गरियो


    मंगलबार, पुष २२ २०८२
    700
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफूविरुद्ध लगाइएका सबै आरोपहरू अस्वीकार गर्दैै आफ्नो गिरफ्तारीलाई ‘अपहरण’ को संज्ञा दिएका छन् ।

    सोमबार राति कडा सुरक्षाका बीच न्युयोर्कस्थित संघीय अदालतमा पेश गरिएका मादुरोले अदालतमा आफूविरुद्ध लगाइएका सबै आरोपहरू अस्वीकार गर्दै यस्तो भनेका हुन् ।

    सीएनएनका अनुसार, सुनुवाइका क्रममा मादुरोले न्यायाधीशलाई सिधै सम्बोधन गर्दै भने,’म निर्दोष छु । म अपराधी होइन। म एक सम्मानित व्यक्ति हुँ र अहिले पनि मेरो देशको राष्ट्रपति हुँ । मलाई अपहरण गरिएको हो ।’

    मादुरोका वकिलहरूले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय कानुन र कानुनी प्रक्रियाको ठाडो उल्लंघन भन्दै यसलाई ‘सैन्य अपहरण’ को रूपमा व्याख्या गरेका छन् ।

    बचाउ पक्षले विदेशी भूमिमा अमेरिकी एजेन्सीहरूले अवैध रूपमा गरेको कारबाहीका आधारमा अमेरिकी अदालतको क्षेत्राधिकारलाई नै चुनौती दिने तयारी गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार