Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कम्पनी रजिष्टारमा नयाँ सफ्टवेयरका कारण ढिलासुस्ती, दोषजति कर्मचारीलाई मात्रै ?

    सचिव राउतको दबाबमा नयाँ सफ्टवेयर जडान


    मंगलबार, साउन १३ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कम्पनी रजिष्टार कार्यालयबाट ३१ जना कर्मचारी काजमा तानिएपछि चर्चाको बिषय बनेको छ ।

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक संचारमाध्यममा कम्पनी रजिष्टार कार्यालयको सेवाप्रवाहमा भएको अनियमितता र ढिलासुस्तीका बिषयमा एकपछि अर्को शृंखलाबद्ध समाचार आउन थालेपछि मन्त्रालयले एक्सन लिएको हो ।

    रजिष्ट्रारदेखि कार्यालय सहयोगीसम्मलाई काजमा तानेर परिवर्तनको आभाष मन्त्रालयले दिन खोजेको छ । तर उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतको दबाबमा नयाँ सफ्टवेयर जडान गरिएपछि कम्पनी रजिष्टारको सेवा प्रवाह अबरुद्ध हुन पुगेको एक कर्मचारी बताउँछन् ।

    सचिव राउतको निर्देशनमा उनीनिकट कम्पनीलाई सफ्टवेयर जडानको काम दिएको थियो । उक्त सफ्टवेयर संचालनका बारेमा कर्मचारीलाई पर्याप्त तालिम नदिनु, यसअघि लागू भएको सफ्टवेयरमा काम गर्न कर्मचारी र सेवाग्राही अभ्यस्त भइसकेको अवस्थामा सचिव राउतको दबाबमा अनायास नयाँ सफ्टवेयर जडान गरेपछि सेवाप्रवाह चुस्तदुरुस्त हुन नसकेको हो । तर दोष जति कर्मचारीलाई थोपरेर सचिव राउत आफू पानीमाथिको ओभानो बन्ने र कर्मचारीलाई मात्र अपराधी करार गर्न खोजेको दुखेसो काज सरुवामा परेकाहरुले गर्न थालेका छन् ।

    काजसरुवा भएका सबै कर्मचारीलाई बाणिज्य बिभागमा पठाइए पनि रजिष्टार कार्यालयमा पर्याप्त कर्मचारी अहिलेसम्म मन्त्रालयले पठाउन सकेको छैन ।मन्त्रालयको पछिल्लो एक्सनका कारण कुनै पनि कर्मचारी रजिष्टार कार्यालयमा बसेर सेवा दिन तयार देखिंदैनन् । सुधारका लागि नीतिगत र प्राविधिक पक्षलाई ध्यान दिनुपर्नेमा कर्मचारीलाई मात्र अपराधी जस्तो ब्यवहार गर्ने मन्त्रालयको कदमलाई अन्य कर्मचारीहरुले समेत ज्यादतीको संज्ञा दिएका छन् ।

    उद्योग बिभागको महानिर्देशक बन्ने तयारीमा रहेका उद्योग मन्त्रालयको औद्योगिक प्रबद्र्धन महाशाखाका प्रमुख सहसचिव जितेन्द्र बस्नेतलाई रजिष्टार कार्यालयको बेथिति छानबिन गर्ने जिम्मा दिइएको थियो । जसको सिफारिसका आधारमा दर्जनौं कर्मचारीलाई एउटै आरोपमा काजसरुवा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार