महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी हेरम्ब शर्माको प्रत्यक्ष संरक्षणमा घुमुवा प्रहरीले तस्करीको साम्राज्य चलाइरहेको खुलासा भएको छ ।
एसपी शर्माकै संरक्षणमा सहायक हवल्दार धर्मेन्द्र यादवले महोत्तरीमा तस्करीको लाइन खुलमखुल्ला चलाउँदैआएका छन् । ६ वर्षदेखि घुमुवाका रूपमा कार्यरत यादवले प्रहरीका उच्चपदस्थ अधिकारीहरूसँगको सम्बन्ध प्रयोग गर्दै महोत्तरीमा संगठित तवरले अवैध कारोबार सञ्चालन गर्दै आएका छन् । जिल्लाको इटहर्वा, कटैया, सम्सी, रघुनाथपुर, गैरा भेटपुरलगायत नाकाबाट चामल, गुड, चिनी, कपडा, किराना सामग्रीदेखि नेपालबाट चाइनीज स्याउसम्म भारततर्फ तस्करी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
तस्करीको यो सञ्जाल ‘लाइन’ लिएर चलाइँदै आएको छ । इटहर्वा नाकाबाट जितु, सरिफुल, शंकर, शोभा, शम्भु, राजा, कालिया, आलम जहिर, गैरा भेटपुरबाट सुनिल यादव, श्याम, रन्जन, मेराज, उजाला लगायत व्यापारीहरू धर्मेन्द्र यादवसँग मिलेर तस्करीमा सक्रिय छन् ।
यादव हाल कागजमा बिदामा देखिए पनि वास्तविक रूपमा अवैध कारोबारमा अझै सक्रिय छन् । प्रहरी प्रधान कार्यालयले उनलाई दरबन्दीअनुसार स्थानान्तरण गर्न आदेश दिँदासमेत एसपी शर्माले उक्त आदेश बेवास्ता गर्दै संरक्षण दिइरहेका छन् । यसबाट प्रहरी नेतृत्व स्वयं नै तस्करीमा संलग्न रहेको सन्देश प्रवाहित भएको छ ।
सहायक हवल्दार यादव विभिन्न काण्डमा मुछिए पनि हालसम्म कुनै कारबाही नगर्नु प्रहरी नेतृत्वको संरक्षणको प्रत्यक्ष प्रमाणको रूपमा हेरिएको छ । प्रहरी स्रोतहरूका अनुसार, यादवले उच्च अधिकारीहरूलाई आर्थिक प्रभावमा पारेर पटक–पटक कारबाहीबाट उम्किँदै आएका छन् ।
यसअघि अर्का घुमुवा हवल्दार राजेश यादवसमेत विभिन्न काण्डमा मुछिएपछि मधेश प्रदेश प्रहरी गणमा तानिएका थिए । साथै इलाका प्रहरी कार्यालय गौशला अन्तर्गतका दुई जना घुमुवा धिरज महतो र एक सहायक लेखापालमाथि पनि अनुशासनात्मक कारबाही गरिएको थियो । तर धर्मेन्द्र यादव भने अझै राज्य संयन्त्रकै संरक्षणमा उन्मुक्त घुमिरहेका छन् ।
स्थानीयवासीहरूका अनुसार, यादवले प्रहरीको नाम र वर्दी दुरुपयोग गरी व्यापारिहरूसँग सिधा सेटिङ गरेर तस्करी मात्र हैन, आतंक नै सिर्जना गरिरहेका छन् । ‘घुमुवाहरूको जथाभावी चलखेल, हाकिमसँगको मिलेमतो र सामान्य जनतामाथि देखिएको दमनले प्रहरी प्रशासनमाथि नै प्रश्न उठ्न थालेको छ’ एक स्थानीय व्यापारीले भने ।
प्रहरीभित्रकै मिलेमतोमा तस्करी मौलाउँदै जानुमा चिन्ता व्यक्त गर्दै स्रोतहरू भन्छन्, ‘अब संघीय सरकारले गम्भीर हस्तक्षेप गरेर अनुसन्धान गर्नुपर्ने बेला आएको छ । साना कर्मचारीलाई मात्र होइन, संरक्षण दिने ठूला हाकिमहरूलाई समेत जवाफदेही बनाउनु जरुरी छ ।’
भिडियोमा हेर्नुस् यसरी हुन्छ तस्करी :
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend