Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • तीनवटा संसदीय समितिको बैठक बस्दै


    शुक्रबार, साउन ९ २०८२
    945
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवाल, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेबाट सुरू हुनेछ ।

    उता, बिधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

    साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन छलफल र पारित गर्ने सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार