Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ


    मंगलबार, असार १७ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा । पर्साबाट स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपालिका-२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, बारा परवानीपुर गाउँपालिका- ४४ वर्षीय दीपककुमार सोनार र वीरगन्ज महानगरपालिका-३ आदर्श टोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव रहेका छन् ।

    उनीहरूलाई पर्साका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

    वर्णवालको साथबाट ९ लाख ४७ हजार, श्रीवास्तवको साथबाट १८ लाख ८१ हजार र सोनारको साथबाट तीन लाख रुपैयाँ बरामद भएको लम्सालले बताए ।

    स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबारको रकमले कानुनी रित नपुग्ने हुँदा राष्ट्र बैंक अन्तर्गतको कसुर आकर्षित हुने गरेको छ ।

    पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार