Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • मधेश सरकारबाट बाहिरिने जनमत पार्टीको प्रस्ताव


    आइतबार, असार १५ २०८२
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीको सचिवालय बैठकमा प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव आएको छ ।

    पार्टी सचिव बीपी साहले प्रदेश सरकार छोड्नुपर्ने प्रस्ताव पेस गरेका हुन् ।

    पार्टीको नीति र जनताको भावना बमोजिम काम गर्न नसकेकाले सरकार छोड्नुपर्ने प्रस्ताव लगेको उनले बताए ।

    जनमत पार्टीका अध्यक्ष सिके राउतले उक्त प्रस्तावलाई कार्यकारिणीमा छलफल गर्ने बताइएको साहले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार