Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री एकसाथ किन बेपत्ता हुन्छन् ?: गोकुल बास्कोटा


    बुधबार, असार ११ २०८२
    835
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खेतीको समयमा किसानले मल नपाएको भन्दै कृषि मन्त्रीसँग असन्तुष्टि पोखेका छन् ।

    पूर्व सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सरकारलाई असार-साउन लागेपछि कृषी मन्त्री र मल एकसाथ हराउने गरेको भन्दै प्रश्न गरेका हुन् ।

    वर्षेनी किसानलाई खेती गर्ने समयमा मलको अभाव हुने समस्या हुने हुँदा कृषी मन्त्रीले समस्याको समाधान गर्ने भन्दा आफै हराउने गरेको सांसद बास्कोटाको आरोप छ ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्’, उनले भनेका छन्, ‘तर हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन् ? कसैले थाहा नपाउने भो ।’

    राजनीतिमा घेराबन्दी तोड्ने कुरा सुनेको भए पनि मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता ननिस्किएको उनको भनाइ छ । ‘राजनितिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन।लौ न कोही छ!’, उनले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार