काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन्।
उनले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए। सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको उनको भनाइ थियो।
‘सरकारले यो सदनलाई यत्ति हेपेको छ। यसको बयान गरी साध्य छैन। बारम्बार हामीलाई कार्यसूचि आउँछ। फेरि कार्यसूचि हटाइन्छ। कारण सोध्दा मन्त्रीको उपस्थिति छैन’, उनले भने, ‘सदनमा आन्दोलन भएको यत्रो समय भयो। त्यसको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यु यहाँ उपस्थित हुनुभयो। आजको कार्यसूचिमा पनि मन्त्रीहरु सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो।’
पाण्डेले मन्त्रीको उपस्थिति नभएसम्म विनियोजन विधेयकमाथिको छलफल अघि नबढाउन पनि आग्रह गरेका थिए। त्यस्तै उनले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्नेरु भन्दै प्रश्न गरेका थिए।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend