Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संसदमा रास्वपाको वेल घेराउ, राप्रपाको बहिष्कार


    बिहिबार, असार ५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद वैठकमा विरोध जारी राखेको हो ।

    रास्वपाको अवरोधकाबीच संसद बैठक भने जारी छ । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।

    उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध जनाए । संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् ।

    राप्रपाले भने आजको बैठक पनि बहिष्कार गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार