Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • सर्वोच्चमा नियुक्ति सिफारिस भएका न्यायाधीशविरुद्ध उजुरी आह्वान


    आइतबार, असार १ २०८२
    995
    Shares
    फाइल फोटो
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्यायपरिषदले नियुक्ति सिफारिस गरेका सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशका विरुद्ध उजुरी आह्वान गरिएको छ ।

    त्यसैगरी सरकारले नियुक्ति सिफारिस गरेका न्यायपरिषद् सदस्यका बिरुद्ध पनि पनि ससंदीय सुनुवाइका लागि उजुरी आह्वान गरिएको छ ।

    संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै पदमा ‘नियुक्त हुन उपयुक्त छैन’ भन्ने लागेमा १० दिनभित्र उजुरी गर्न भनिएको छ । उजुरी समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत् पनि पठाउन सकिन्छ ।

    वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा सर्वोच्चको न्यायाधीश सिफारिस भएका छन् । भोजपुरका महेशकुमार नेपाल न्यायपरिषद् सदस्य सिफारिए भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार