Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एमबिबिएसमा ८ लाख शुल्क बढाउने प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्विकार


    शनिबार, माघ १० २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबिबिएसमा ८ लाख शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्विकार गरेका छन्।  

    आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क बढाउने प्रस्तावलाई अस्विकार गर्दै आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले शुल्क नबढाउन निर्देशन दिएका छन्।

    आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ शुल्क बढाउनु पर्ने प्रस्ताव गरेको थियो। शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै हाल ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको शुल्क वृद्धी गरी ४८ लाख रुपैयाँ बनाउन सिफारिस गरेको थियो । 

    आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यो वर्ष शुल्क नबढाउन निर्देशन दिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार