काठमाडौं । बैदेशिक रोजगार विभागले अबदेखि इजाजत प्राप्त संस्था (म्यानपावर) नवीकरण गर्दा संस्था रहेको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने र संस्थाको बेबसाइटमा समेत अनिवार्य रुपमा राख्नुपर्ने प्रावधान गरेको छ ।
यसरी राखिएको लोकेशन अनुसार सो संस्थामा जाने सेवाग्राही र विभागको अनुगमनमा समेत सहजता आउने र एक्काइसौं शताव्दीमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।
विभागले जेठ २६ गते प्रकाशन गरेको सूचनामा वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली २०६४, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ एवम् प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा दर्ता भई वार्षिक रुपमा नवीकरण गर्नुपर्ने वैदेशिक रोजगार सम्बन्धी काम गर्ने इजाजत प्राप्त संस्थाहरु, स्वीकृति प्राप्त शाखा कार्यालयहरु, अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरु, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, घरेलु कामदार सम्बन्धी सिप विकास तालिम प्रदायक संस्थाहरु, वैदेशिक रोजगारमा जाने कामदारहरुलाई सिपमूलक तालिम प्रदान गर्ने संस्थाहरु एवम् खास देश पठाउनको लागि सूचीकृत भएका संस्थाहरुले तत्तत् कानून बमोजिम तोकिएको समयावधिभित्र इजाजतपत्र÷अनुमतिपत्र नवीकरण गर्नुहुन अनुरोध गरिएको छ । अन्यथा कानून बमोजिम कारबाही हुने पनि जनाइएको छ ।
संस्थाको कार्यालयको डिजिटल ठेगाना खुल्नेगरी गुगल प्लस कोड उपलब्ध गराउनुपर्ने भएपछि झोलामा कार्यालय राखेर बर्षमा १ सय जना कामदार पनि नपठाउने म्यानपावरहरु पनि कानुनी दायरामा आउनुपर्ने भएको छ । १ सय कामदार पनि नपठाउने म्यानपावरहरुको नवीकरण नहुने कानुनी ब्यवस्था छ । तर आर्थिक चलखेलमा हरेक बर्ष नवीकरण हुँदैआएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend