Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सशस्त्रको मेसको खानामा किरा


    शनिबार, माघ १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । सुरक्षाफौजमा तल्लो दर्जामा कार्यरतहरुलाई गुणस्तरहीन खाना खुवाउने गरेको गुनासो मात्र होइन, २०६४ मा सशस्त्रको नेपालगंजको नौबस्ता तालिम केन्द्रदेखि विभिन्न ठाउँमा बिद्रोह नै भएपछि नेपाल प्रहरीमा रासनबापत रकम नै दिने क्रम सुरु भएको थियो । गुणस्तरहीन रासन खुवाउने क्रम अहिले पनि कतिपय गण र बाहिनीहरुमा हुँदैआएको छ । सशस्त्रको २ नम्बर प्रदेशस्थित छिन्नमस्ता बाहिनीको मेसमा खाना किरा भेटिएको छ ।

       सशस्त्रको दुई नम्बर प्रदेशको बाहिनी स्थित मेसमा सशस्त्र दिवसको दिनमा खानामा किरा भेटिएको हो । सशस्त्रको उक्त मेसमा खाना खाँदाखाँदै किरा भेटिएको छ ।

    सेनाबाट सशस्त्र प्रहरीमा प्रवेश गरेका मध्ये एक मात्र रहेका डिआइजी सिपी गौतमले सरुवा हुनासाथ मातहतका गणहरुबाट विवादित र लामो समय काम गरेका घुमुवाहरुलाई तानेर पारदर्शीता अपनाउन लागिरहेका छन् । उनी नै प्रमुख रहेको बाहिनीकै मेसमा सिपाहीले भात खाँदा किरा भेटाएका छन् ।

    खाना खाँदाखाँदै किरा भेटिएको तस्वीर नै बाहिनीबाट लिक भएको छ । र, छरपष्ट भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार