काठमाडौं । विपक्षी दलहरूले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्।
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै सदनमा अवरोध गरिरहेका हुन्।
यसअघि मंगलबारको बैठकमा पनि विपक्षीले अवरोध गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन हिजो र आज पार्टीका प्रमुख सचेतकसँग छलफल गरेका थिए।
सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। निर्धारित समयभन्दा २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend