Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह


    बुधबार, माघ ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने वडास्तरीय प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन् ।

    बुधवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधि सभा विघटनको घटनाविरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।

    ‘केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६ हजार ७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

    deuba_appeal.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार