काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो ३२ अर्ब भएको हल्ला नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैलाएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्डको पछि माधवकुमार नेपाल र झलनाथ खनाल लागेको दाबी गरे ।
“कम्बोडियामा मेरो ३२ अर्ब भएको हल्ला प्रचण्डले नै फैलाएका हुन् । पछाडि कुद्नेहरू माधव नेपाल र झलनाथ खनाल हुन् । यो गरिब देशबाट मैले ३२ अर्ब लगेर टेलिकममा लगानी गरेको भन्नेरु टेलिकमको हिसाब त पारदर्शी हुन्छ, गएर सोधे तुरुन्त थाहा हुन्छ । कम्पनी, मान्छे, सरकार सबै मेरो भन्ने हो भने त के भन्नुरु” ओलीले भने ।
उनले प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले नेकपा विभाजन गरेको र दुई तिहाइ बहुमतको सरकार ढालेको आरोप लगाए । “तीनै व्यक्तिले कम्युनिस्ट सरकार ढाले, दुई तिहाइको पार्टी चकनाचुर पारे । १३–१४ वर्ष नेतृत्वमा बसेर पनि बेसरम ढङ्गले एमालेलाई धुलो चटाउने, टर्च बालेर नभेटिने बनाउने र भित्तामा टाँस्ने कुरा गर्छन्। उनीहरूले मलाई जेल हाल्नेसम्म कोसिस गरे,” ओलीले भने ।
उनले २०६४ मा माओवादीले लडाकु क्याम्प र मार्चपासमार्फत आतङ्क सिर्जना गरेर जितेको तर अब त्यस्तो अवस्था नआउने दाबी गरे । “माओवादीले २०६४ को जस्तो परिणाम ल्याउने सपना देख्छ, तर त्यसमा कुनै दम छैन,” उनले भने ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend