काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सहकारी काण्डका दोषीहरूले नै एमालेविरुद्ध भ्रष्टाचारको आरोप लगाएर भ्रम फैलाउने प्रयास गरेको बताएका छन् ।
आज (आइतबार) बागमती प्रदेशका वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै ओलीले सहकारीमा भ्रष्टाचारको भ्रम फैलाएर एमालेलाई बदनाम गर्ने प्रयास भएको दाबी गरे । उनले भने, “हाम्रो पार्टीलाई सहकारीमा भ्रष्टाचार गरेको जस्तो देखाएर औँला ठड्याइँदै छ, तर यस्तो हल्ला सत्य होइन ।”
ओलीले सहकारी ठगीमा संलग्नहरूले नै आफूलाई निर्दोष देखाउँदै पीडितलाई न्याय दिने भाषण गरेको भन्दै कटाक्ष गरे । “लुटेराहरूले पैसा फिर्ता नगर्ने, भ्रष्टाचारमा लिप्त हुने, अनि भ्रष्टाचारविरुद्ध ठुला कुरा गर्छन्, यो कति निर्लज्जता हो,” उनले भने ।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि पनि व्यङ्ग्य गरे । “प्रचण्ड भ्रष्टाचारविरुद्ध ठुलो स्वर गर्छन्, तर भ्रष्टहरूले नै यस्ता भाषण गर्ने अवस्था छ,” उनले भने ।
ओलीले माओवादीको मेची–महाकाली अभियानको तुलना एमालेको अभियानसँग गर्दै माओवादीको कार्यक्रममा जनसहभागिता कम भएको टिप्पणी गरे । “एमालेको अभियानमा जनसागर उर्लिन्छ, माओवादीकोमा त्यस्तो देखिँदैन,” उनले भने ।
उनले २०६४ मा माओवादीले आतङ्क र लुटपाटबाट मत प्राप्त गरेको तर त्यस्तो अवस्था अब नआउने दाबी गरे । “माओवादीले राम्रो काम गरेर होइन, त्रास र हिंसाबाट २०६४ मा मत पाएको थियो । अब न २०६४ फर्किन्छ, न माओवादी,” ओलीले भने ।
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना...
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा गाडीका चालक सर्लाहीको कबिलासी गाउँपालिका–८...
काठमाडौँ । वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ। बिहीबार बिहान कारागारबाट भागेका सुनिल साह तुरहालाई विशेष...
काठमाडौँ। विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपिएल) को इतिहासमा उत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। बिहीबार त्रिवि क्रिकेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend