Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिचिङका चिकित्सकलाई कुटपिट गर्ने एक जना पक्राउ


    मंगलबार, माघ ६ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सकलाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ३६ वर्षीय कृष्णप्रसाद गौतम रहेका छन् ।

    उनलाई प्रहरीले काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सक सविन भण्डारीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।

    कोभिड–१९ का कारण आईसीयूमा उपचाररत विरामीको मृत्युपछि भएको कुटपिटमा संलग्न गौतमलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले जानकारी दिए ।

    गौतमसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार