Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर


    मंगलबार, माघ ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काभ्रेपलान्चोक । पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरूद्ध  भ्रष्टाचार  मुद्दा दायर भएकाे छ।

    अध्यक्ष दिल बहादुर श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारी र केशव अधिकारीविरूद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले मुद्दा दायर गरेकाे हाे।

    पाँचखाल नगरपालिका वडा नं. ४ तामाघाटस्थित मसला बाली बिकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा बजार विकास निर्देशनालय हरिहरभवन, ललितपुरले कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएकोमा बर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरी व्यक्तिगत फाइदा लिएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।

    त्यस्तै अनुसन्धानकाे क्रममा कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले स्टलहरु निर्माण गर्दा लागेको खर्च एवं भाडावापत प्राप्त आयसमेतको विवरण पारदर्शी ढंगबाट राखी सञ्चालक समितिको निर्णयबाट खर्च गर्नु/गराउनुपर्नेमा सो नगरी आफूखुशी कोषाध्यक्ष दिनेश अधिकारीको सहमति र मिलेमतोमा लाखाैं रूपैया खर्च गरेकाे खुलेकाे छ।

    त्यस्तै उनीहरूले झिकी खाइमासी हिनामिना गरी लेखापरीक्षसमेत गराएको र एच.के. अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीले समेत हिनामिना भएको रकमलाई बैधता दिने गरी लेखापरीक्षण प्रतिवेदन दिएको हुँदा निजहरु उपर कारवाहीकाे माग गरिएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार