सर्लाही । सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियो गाडी १ थान मोटरसाईकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ।
सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी, मोटरसाईकलसहित १ जना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन्। बिशेष सूचनाको आधारमा सोमबार राति १० बजे प्रहरी टोली डाइनी खोला पुगेर कारबाही गरेको थियो।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले डाइनी खोलाबाट तामाङलाई प्लाष्टिकमा प्याक गरेर तयार पारिएको उक्त परिमाणको लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।
तामाङले गाँजा ओसारपसार गर्न प्रयोग गरेको बीआर ३२ ए एन ०८१७ नम्वरको भारतीय स्कारपियो र लु।२२ प ३८९४ नम्वरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा प्रहरी टोली पुुग्दा गाँजाको कारोवारमा संलग्न अन्य मानिसहरू फरार हुन सफल भएका थिए। सोमबहादुर माथि मुद्दा दायर गरी सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
फरार मानिसहरूको सम्वन्धमा अनुसन्धान तथा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचनामा उल्लेख गरिएको छ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend