Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • जनमत पार्टीका निलम्बित कोषाध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश


    आइतबार, जेष्ठ ४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।

    अदालतका न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाउने प्रक्रिया अघि बढेकाले बुझाएपछि छाडिने जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

    ठगीको कसुरमा ७ वैशाखमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले दिएको जाहेरीका आधारमा उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार