Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • ओलीको चुनौती: न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न सक्छाै?


    आइतबार, माघ ४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् ।

    अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो दाबी गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन ।

    उनले भने, ‘न्यायाधीशसँगको भेटबारे के प्रमाणित गर्न सक्छन् ? उनीहरुलाई प्रमाणित गर्नु नै छैन । न्यायालयविरुद्ध हल्ला फिँजाउनु मात्र छ ।’

    ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र धवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको आरोप लगाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार