Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सात डीआईजी सरुवाः मधेसमा चतुर्वेदी, कोशीमा कार्की


    आइतबार, बैशाख २१ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ७ डीआईजीको सरुवा भएको छ ।

    गृहमन्त्रालयको आइतबारको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले निकालेको सरुवामा कोशी प्रदेश प्रहरी कार्यालयमा इश्वर कार्की, मधेश प्रदेशमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेलको सरुवा भएको छ ।

    त्यसैगरी गण्डकी प्रदेशमा दिनेश आचार्य, लुम्बिनी प्रदेशमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर विकको सरुवा भएको छ । कर्णाली प्रदेशमा भने नयाँ बढुवा हुने डीआईजीलाई पठाउने तयारी छ ।

    कोशी मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा डीआईजी रिक्त थियो ।

    यस्तै गोबिन्द थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो लाजिम्पाट पठाइएको छ ।

    यस्तो छ सरुवा सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार