काठमाडौं । नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार नै कांग्रेसले हरेक स्थानीय तहमा प्रतिनिधिसभा बिघटनको बिरुद्ध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनकै क्रममा कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौंका विभिन्न सभाहरुलाई सम्बोधन गर्ने बताइएको छ । महामन्त्री शंशाक कोइराला नवलपुरको देउचुली पुगेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको शारदानगरमा आयोजित सभालाई सम्बोधन गर्दैछन् ।
काठमाढौंको बसन्तपुरमा आयोजित बिरोध प्रदर्शनपछिको कार्यक्रममा नेता प्रकाशमान सिंहले सम्बोधन गर्दैछन् । गगन थापले बुढानीलकन्ठ नगरपालिकाको हात्तीगौंडाको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवाले सहरकेन्द्रित आन्दोलन गरी केपी ओली सरकारसँग भित्रभित्रै मिलेर उनलाई सहयोग गर्नका लागि स्थानीय तहतिर केन्द्रित भएको आरोप लागेको छ । देउवाले अध्यादेश ल्याइसकेपछि संवैधानिक नियुक्तिहरुमा गरेको भागबण्डाले पनि उनी ओलीसँग मिलेको आरोपलाई पुष्टी गरेको छ । उनले ओलीको असंवैधानिक कदमका बिरुद्ध संयुक्त आन्दोलन गर्ने जसपा र नेकपा प्रचण्ड–माधव समूहको आग्रहलाई समेत बेवास्ता गरेका छन् ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend