काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । सहमति अनुमोदनसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको हो ।
यस सहमतिसँगै शिक्षकहरू आन्दोलन टुंग्याएर भोलि बिहीबारदेखि विद्यालय फर्किनेछन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका थिए ।
सरकारले नयाँ विद्यालय शिक्षा ऐन २०८२ अअसार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका संसदीय दलका प्रमुख सचेतकहरुबाट बुधबार लिखित प्रतिबद्धता व्यक्त भएकाले तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी हुने विश्वास लिएको महासंघले जनाएको छ ।
‘मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरु समेत निर्णय भइआएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं ।
आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ । साथै तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासङ्घ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान वाध्य हुनेछ ।’ शिक्षक महासंघको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल शिक्षक महासंघ २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।
शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमति

शिक्षक महासंघको विज्ञप्ति

शिक्षा समितिका सभापति र नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकको विज्ञप्ति

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend