Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रामकुमारी झाँक्रीको शिक्षकहरूलाई प्रश्नः लाखौं विद्यार्थीको भविष्य अन्यौल बनाउन मिल्छ ?


    शनिबार, बैशाख ६ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुको रमिता बढी भएको भन्दै उनीहरुलाई आन्दोलन छाडेर वार्ता गरी संसद र सरकारलाई विश्वास गरेर विद्यालयमा अध्यापन सुचारु गर्न आग्रह गरेकी छन् ।
    झाँक्रीले सामाजिक संजालमा शनिबार बिहान लेखेकी छन्– अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो ।

    मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु । यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ । के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौं भन्ने लाग्यो । शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनुपर्योे भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें । तर उहाँहरू त संवाद नै नगर्ने रे ? शिक्षा ऐन अहिले पास हुनुपर्छ अन्यथा हामी विद्यालय फर्कदैनांै भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र ?

    विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन ? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुनेरहेछ ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौं भन्न मिल्छ ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले ? भर्नाको बेला विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविश्ष्य अन्यौल बनाउन मिल्छ ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन् । यहाँहरूले पढाएका कैयौं विद्यालयको BLE को रिजल्ट सून्य छ । के यो विषयमा चिन्तित हुनहुन्छ ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनुभएको छ ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ ।
    सरोकारवाला सबैको चासो पनि छ ।

    शिक्षकहरूले यतिसम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किन भने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन । अब आउँछ । विधेयक समितिमा दफावार छलफलमा छ । विधेयक संशोधनसहित पास हुने भएकाले पनि छलफलले समय लिएको हो । अब भने विधेयक समितिबाट पास हुने प्रक्रिया छ समितिले पास गरेपछि हाउसमा जान्छ । सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ । सर–मेडमहरू अब विधालयमा फर्कनुस् । आफ्नो जिम्मेवारी बहन गर्नुस् । सरकार र संसदलाई विश्वास गर्नुस् । जिम्मेवार नेता साथीहरू १ ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस् बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार