काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् ।
“राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा अस्थीरताबाट स्थिरतातर्फको एउटा नयाँ कोर्स सुरु हुन्छ । निर्वाचनमा राष्ट्रप्रमुखको लागि हाम्रो पार्टीले निर्णय गरिसकेको छ,” पुर्व शहरी विकास मन्त्री रहेकी झाँक्रीले भनिन्, “त्यसपछि बन्ने राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा अव राष्ट्रिय राजनीतिमा नयाँ कोर्स अगाडि जानेछ, स्थायीत्व प्राप्त गर्नेछ ।”
झाक्रीले दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको बताएकी छन् । झाँक्रीले कतिपय अवस्थामा वाध्यत्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उल्लेख गरिन् । उनले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै ‘फलो’ हुनुपर्नेमा जोड दिएकी छन् । “हामीले यस्तो निर्वाचन प्रणाली अलवम्बन गर्यौं । एउटै दलले एकै पटकमा बहुमत प्राप्त गर्दैन । दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकही गरिएको असल अभ्यासहरु यसो हेर्दाखेरी नैतिकताको कसीमा ठीक पनि लाग्दैन । तर कतिपय अवस्थामा वाध्यत्मक पनि हुनसक्छन्,” झाँक्रीले भनिन्, “तर केही न केही कोलिसन सरकारको मानकहरु, गठबन्धन सरकार कसरी चलाउने भन्ने केही स्टाण्डर्ड मानकहरु बनाउनुपर्छ । जहाँ जे पायक पर्छ त्यही नै कुरा गरिरहने कुरा त्यत्ति राम्रो हुँदैन । किनभने उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्छ ।”
कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, मेयर बिमला राई, उपमेयर रमेश राउतले सम्बोधन गरेका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend