भक्तपुर । स्थानीय तहमा फोहोर संकलन गर्ने संस्थाहरु छनोटमा पारदर्शीता नरहेका आवाजहरु सुनिंदैआएका छन् । विशेषगरी काठमाडौं उपत्यकाका महानगरदेखि नगरपालिकाहरुमा फोहोर संकलन गर्ने संस्थाहरुले नगरबासीको घरबाट उठाउने शुल्क नै चर्को छ ।
यसैक्रममा भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले फोहोर संकलन गर्ने ठेक्का नेप्सेम्याक सेवा प्रालिलाई दिएका छन् । नेप्सेम्याकले २०७६ देखि सूर्यविनायक नगरपालिकामा फोहोर संकलनको ठेक्का लिंदैआएको छ ।
सूर्यविनायक नगरपालिकाका १० वटा वडाका करिब १६ हजार घरधुरीबाट फोहोर संकलनबापत प्रतिघर २ सय ५० रुपैयाँ मासिक शुल्क लिने गरिएको छ । दशैं खर्चबापत एक महिनाको थप गरी १३ महिनाको शुल्क हिसाब गर्दा बार्षिक ५ करोड रुपैयाँ नेप्सेम्याकले सूर्यबिनायक नगरपालिकाबाटमात्र फोहोरबापत उठाउने गरेको छ ।
हप्तामा एक दिन नगरबासीको घरमा फोहोर उठाएर मासिक २ सय ५० शुल्क लिने गरेको नेप्सेम्याकलाई फोहोर संकलनको ठेक्का दिने प्रक्रिया पारदर्शी नभएको सूर्यबिनायक नगरपालिकाका एक कर्मचारी बताउँछन् । बार्षिक ५ करोड रकमको कारोबार गर्दा प्रतिस्पर्धा नाममात्रको गरिएको ती कर्मचारीले बताए । नेप्सेम्याकले ५ बर्षदेखि निरन्तर फोहोरको ठेक्का पाउँदैआएको छ ।
सूर्यबिनायक नगरपालिकाका मेयरलाई भेटीघाटी बुझाउँदै आएको छ । वडाध्यक्षलाई पनि चाडपर्वमा खर्चपर्च दिएर फोहोरबाट मोहर कमाउँदैआएको छ ।
एमाले र नेपाली कांग्रेसका स्थानीय नेतासमेतलाई खुसी पारी नेप्सेम्याकले फोहोर संकलनको काम निरन्तर पाउँदैआएको छ ।
ललितपुरमा मुख्य कार्यालय रहेको नेप्सेम्याकका भक्तपुर शाखा अध्यक्ष बाबुराम चौलागाईंले सूर्यबिनायकका मेयर बासुदेव थापालाई समेत बार्षिक रुपमा नजराना बुझाउँदैआएका छन् भने वडाध्यक्षहरुसमेत उनको प्रभावमा पर्दैआएका छन् । ए
माले–कांग्रेसका स्थानीय नेताहरुको सिफारिसमा प्रत्येक वडामा सामाजिक अभियन्ता भनेर प्रतिमहिना २० हजारका दरले दिने गरेको छ । चाँगुनारायण नगरपालिकामा पनि नेप्सेम्याकले निरन्तर फोहोरको ठेक्का पाउँदैआएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend