Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सूर्यविनायकको फोहोर संकलनको ठेक्का अपारदर्शी, मेयरदेखि वडाध्यक्षसम्म नेप्सेम्याकको प्रभावमा


    शुक्रबार, चैत्र २२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • भक्तपुर । स्थानीय तहमा फोहोर संकलन गर्ने संस्थाहरु छनोटमा पारदर्शीता नरहेका आवाजहरु सुनिंदैआएका छन् । विशेषगरी काठमाडौं उपत्यकाका महानगरदेखि नगरपालिकाहरुमा फोहोर संकलन गर्ने संस्थाहरुले नगरबासीको घरबाट उठाउने शुल्क नै चर्को छ ।

    यसैक्रममा भक्तपुरका सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले फोहोर संकलन गर्ने ठेक्का नेप्सेम्याक सेवा प्रालिलाई दिएका छन् । नेप्सेम्याकले २०७६ देखि सूर्यविनायक नगरपालिकामा फोहोर संकलनको ठेक्का लिंदैआएको छ ।

    सूर्यविनायक नगरपालिकाका १० वटा वडाका करिब १६ हजार घरधुरीबाट फोहोर संकलनबापत प्रतिघर २ सय ५० रुपैयाँ मासिक शुल्क लिने गरिएको छ । दशैं  खर्चबापत एक महिनाको थप गरी १३ महिनाको शुल्क हिसाब गर्दा बार्षिक ५ करोड रुपैयाँ नेप्सेम्याकले सूर्यबिनायक नगरपालिकाबाटमात्र फोहोरबापत उठाउने गरेको छ ।

    हप्तामा एक दिन नगरबासीको घरमा फोहोर उठाएर मासिक २ सय ५० शुल्क लिने गरेको नेप्सेम्याकलाई फोहोर संकलनको ठेक्का दिने प्रक्रिया पारदर्शी नभएको सूर्यबिनायक नगरपालिकाका एक कर्मचारी बताउँछन् । बार्षिक ५ करोड रकमको कारोबार गर्दा प्रतिस्पर्धा नाममात्रको गरिएको ती कर्मचारीले बताए । नेप्सेम्याकले ५ बर्षदेखि निरन्तर फोहोरको ठेक्का पाउँदैआएको छ ।

    सूर्यबिनायक नगरपालिकाका मेयरलाई भेटीघाटी बुझाउँदै आएको छ । वडाध्यक्षलाई पनि चाडपर्वमा खर्चपर्च दिएर फोहोरबाट मोहर कमाउँदैआएको छ ।

    एमाले र नेपाली कांग्रेसका स्थानीय नेतासमेतलाई खुसी पारी नेप्सेम्याकले फोहोर संकलनको काम निरन्तर पाउँदैआएको छ ।

    ललितपुरमा मुख्य कार्यालय रहेको नेप्सेम्याकका भक्तपुर शाखा अध्यक्ष बाबुराम चौलागाईंले सूर्यबिनायकका मेयर बासुदेव थापालाई समेत बार्षिक रुपमा नजराना बुझाउँदैआएका छन् भने वडाध्यक्षहरुसमेत उनको प्रभावमा पर्दैआएका छन् । ए

    माले–कांग्रेसका स्थानीय नेताहरुको सिफारिसमा प्रत्येक वडामा सामाजिक अभियन्ता भनेर प्रतिमहिना २० हजारका दरले दिने गरेको छ ।  चाँगुनारायण नगरपालिकामा पनि नेप्सेम्याकले निरन्तर फोहोरको ठेक्का पाउँदैआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार