Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग


    आइतबार, चैत्र १७ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।

    सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।

    चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। उनले पूर्वराजाका गतिविधिले सीमा नाघेको टिप्पणी समेत गरेका छन् ।

    ‘पूर्वराजालाई अब समय दिन सकिँदैन। दलहरूले यो विषयमा एउटा सहमति बनाएर आवश्यक संवैधानिक कानुनी कारबाही अघि बढाउनुपर्छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार