Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • धनगढीमा टायर बालेर प्रधानमन्त्री ओलीको विरोध


    शुक्रबार, पुष २४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा टायर बालेका छन् ।

    प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन् ।

    अनेरास्ववियूले प्रधानमन्त्री ओलीलाई ठाउँ–ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको जनाएको छ । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर सम्बोधनका लागि धनगढी पुगेका हुन् ।

    सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड–नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री जाने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार