काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली राजधानी बाहिर जाँदैछन् । आफ्ना पक्षका स्थानीय नेता कार्यकर्ता भेट्न ओली आज धनगढी जान लागेका हुन् ।
सूदुर पश्चिममा यतिबेला नेकपाका दुइ गुटले विपक्षी गुटका नेता कार्यकर्तामाथि कार्बाही गर्ने लहर नै चलेको छ । हालै नेकपा दाहाल-नेपाल गुटका नेता भीम रावलमाथि कारबाही भएको छ । ओलीले आफ्नो गुटको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधि सभा विघटन गरेपछि राजधानी बाहिर निस्कँदै गरेका प्रधानमन्त्री ओलीलाई विरोध गर्ने सम्भावित तयारीलाई स्थानीय प्रशासनले कडाईकासाथ नियन्त्रण गर्ने तयारी गरेको बताईएको छ । सभामा सहभागिता जनाउन आउने कसैलाई पनि कालो रंगको मास्क समेत नलाउन प्रशासनले उर्दी जारी गरिसकेको छ ।
प्रधाानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावको मिति घोषणा गराएका थिए ।
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend