Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • जसपाले देशका प्रमुख सहरमा सरकारविरूद्ध प्रदर्शन गर्ने


    शुक्रबार, पुष २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।जनता समाजवादी पार्टी नेपालले सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा प्रदर्शन गर्ने भएको छ। जसपाले यहि पुस २५ देखि माघ ७ सम्म देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्न लागेका पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

    गत  पुस ५ मा भएको प्रतिनिधि सभा विघटनको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको हो। यसअघि पनि उसले विरोधका विभिन्न कार्यक्रम गरिसकेको छ।

    जनता समाजवादी पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ।देशका मुख्य सहरहरूमा हुने कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जसपाले खटाएको छ।

    जसपाले माघ ७ गते सबै जिल्ला सदरमुकामलगायत प्रमुख सहरहरूमा पनि प्रदर्शन र विरोध कार्यक्रम गर्ने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार