काठमाडौं । चार निर्माण कम्पनीकालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौं छन् ।
जिल्ला समन्वय समिति बाराको सिफारिसमा एस.डी. कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अर्घाखाँचीको सिफारिसमा
अरनिको निर्माण कम्पनीलाई ३ बर्षका लागि कालोसूचीमा राखिएको छ ।
यसैगरी रामशरण अधिकारी मुख्य व्यक्ति भएको आर.एस.ए. कन्स्ट्रक्सनलाई डेढ बर्षका लागि कालोसूचीमा राखिएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा मनकामना सप्लायर्स कालोसूचीमा परेको छ भने नुवाकोटको पञ्चकन्या गाउँपालिकाको सिफारिसमा आर.एस.ए. कन्ष्ट्रक्सन कालोसूचीमा परेको छ । यी तीनवटै कम्पनीलाई १ बर्षका लागि कालोसूचीमा राखिएको छ ।
निर्माणकार्यको जिम्मा लिने भनेको समयमा काम नसक्ने, तोकिएको गुणस्तर अनुसारको काम नगर्ने कम्पनीहरुलाई सम्बन्धित कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने गर्दछ । कम्पनीहरुले कालोसूचीमा परेपछि त्यस अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend