Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • वामदेव गौतम भन्छन् – प्रधानमन्त्री ओलीको कार्यशैलीले प्रतिनिधि सभा विघटन र नेकपा विभाजन भयो


    बिहिबार, पुष २३ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण भएको आराेप लगाएका छन् ।

    आजकाे राष्ट्रिय सभा बैठकमा बिषेश समय लिएर बोल्दै नेकपा उपाध्यक्षसमेत रहेका गाैतमले आफूले प्रधानमन्त्रीलाई धेरैपटक सम्झाएको र सुझाव दिएको तर प्रधानमन्त्रीले त्यसलाई वेवास्ता गर्दा नेकवा विभाजन भएकाे बताए ।

    “प्रधानमन्त्रीको कार्यशैलीले नै पार्टी विभाजनको अवस्था आएको हो । मैले उहाँलाई धेरैपटक सुझाव दिए । कति मेरा पिडाहरु कति ग्रहण गर्नु भो कति मैले गर्नुभएन ।” उनले भने ।

    यसपटक प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदा कसैले पनि थाहा नदिएको समेत बताएका छन् । यसअघि पनि अविश्वासको प्रस्ताव लैजाने पार्टीका नेताहरुले भनेपनि आफूले पटक पटक त्यसलाई निस्तेज गरेको दाबी गरेका छन् । “मैले अविश्वासको प्रस्तावलाई निस्तेज गराएको थिए । अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन ।” उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार