Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षा मन्त्री श्रेष्ठलाई सचिव मैनालीको असहयोगः शिक्षक सेवा आयोगमा रेग्मीको सिफारिस


    बिहिबार, पुष २३ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा शिक्षा मन्त्रालयका पूर्व सचिव मधुप्रसाद रेग्मीलाई सिफारिस गरिएको छ । सदस्यमा पूर्व शिक्षा सचिव डिल्लीराम रिमाल र आयोगबाटै निवृत्त नन्दकुमारी महर्जनको नाम सिफारिस गरिएको छ । सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा गठन गरेको छनोट समितिले आयोगको अध्यक्षमा मधु रेग्मी, लक्ष्मीराम पौडेल र विनोद केसीको नाम सिफारिस गरेको थियो ।

    मन्त्रालयले तीनैजनाको नाम सिफारिस गरी मन्त्रिपरिषदमा पठाउनुपर्नेमा रेग्मीको नाममात्र पठाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री मन्त्री कृष्णगोपाल श्रेष्ठ ३ जनाको नाम नै मन्त्रिपरिषदमा पठाउने पक्षमा थिए । तर शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीले रेग्मीको नाममात्र सिफारिस गरेर पठाएका छन् । तीन जना पठाएको भए मन्त्रिपरिषदले विकल्पमा अर्को ब्यक्ति नियुक्ति गर्नसक्ने देखेर सचिव मैनालीले रेग्मीको नाममात्र सिफारिस गरेका छन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले रेग्मीको नाम सिफारिस गर्ने र उनका बन्धु शिक्षा मन्त्रालयका सचिव गोपी मैनालीले उनकोे मात्र नाम सिफारिस गरी नियुक्तिका लागि सिफारिस गरेका छन् ।

     
    प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री श्रेष्ठलाई लक्ष्मीराम पौडेल र विनोद केसीलाई बनाउन पार्टीका नेताहरुले अनुरोध गरेका थिए । तर सचिव गोपी मैनालीले प्रधानमन्त्री र मन्त्रीकै भावनाबिपरीत रेग्मीको नाम सिफारिस गरेका छन् । ३ जनाको नाम सिफारिस नगरेकाले मन्त्रिपरिषदले तत्काल रेग्मीको नियुक्ति गर्ने संभावना कम रहेको स्रोत बताउँछ । शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमको कार्यकाल गएको असोज १४ गतेदेखि सकिएपछि आयोग पदाधिकारीविहीन छ ।

    लोकसेवाबाट उमेश मैनालीमार्फत् १ नम्बरमा रेग्मीको सिफारिस गराई शिक्षाबाट गोपी मैनालीले उनको नाममात्र मन्त्रिपरिषदमा पठाइएको बिषयले मन्त्री श्रेष्ठ समेत झस्किएका छन् । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा विभिन्न परीक्षामा पटक पटक सेटिङ हुने गरेको समाचार नै सार्वजनिक भइसकेका छन् ।

     विज्ञापन नम्बर १७१६७÷०७६–७७ बाट बिबिध सेवा, राजपत्रांकित, प्रथम श्रेणी सूचना प्रविधि विज्ञ पदको लिखित परीक्षा रिसकेपछि अन्तार्वार्तामा गरिएको सेटिङका बारेमा संचारमाध्यममा सूचना पुगेपछि २०७७ साउन २९ मा रद्द गरिएको छ । सहसचिवको उक्त परीक्षामा सुवास ढकालले सेटिङ गरेका थिए ।  वायुसेवा निगमले २०७६ जेठ ११ मा लिएको खरिदास्तरको पदमा मिमबहादुर शाहीले आफ्नै छोरीलाई पास गराएको बिषय पनि सार्वजनिक भयो । तर न त सुवास ढकाललाई कारबाही भयो, न त शाहीलाई नै भयो । फौजदारी अपराध गर्ने उनीहरुलाई अध्यक्ष मैनालीले विभागीय कारबाही गर्ने भन्दै सेटिङ ढाकछोप गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार