काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष पाेखेका छन् । प्रेस संगठन नेपाल रुपन्देहीले बिहीबार तिलोत्तमामा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुसालले सत्ताको आडमा सांसद किनबेचको चलखेल भइरहेकाे आरोप लगाएका छन्।
नेता भुसालले ओली पक्षले सत्ताको आडमा विभिन्न प्रलोभन देखाएर सांसद किनबेच गरिरहेको आरोप दोहोर्याए। संसद पुनःस्थापना नभए मुलुक अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने भन्दै उनले संसद पुनःस्थापनाको विकल्प नभएको बताए।
नेता भुसालले लोकतन्त्र, पार्टी र जनतासँग गरेको सम्झौता विपरीत संसद विघटन गर्ने प्रधानमन्त्री ओली सजायको भागीदार रहेको समेत बताए। उनले संसद पुनःस्थापना गरेर ओलीलाई सजाय दिन सकिने बताए।
नेता भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले समेत ढिलासुस्ती गरेको भन्दै चिन्ता व्यक्त गरे। प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक रहेको भन्दै उनले महत्वपूर्ण मुद्दामा सर्वोच्चले देखाएको ढिलासुस्तीले न्यायालयमाथि नै प्रश्न उठेको बताए।
‘प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको बर्खिलाप छ। लोकतन्त्र र समाजवादविरूद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो,’ नेता भुसालले भने,‘अदालती व्यवस्थाअनुरुप पनि संसद विघटन प्रधम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ, तर अदालतले यति महत्वपूर्ण विषयमा किन ढिलाइ हुँदैछ?’
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend