जनकपुरधाम । नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतो महताेलाई चयन गरिएकाे छस
यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलबाट हटाएको हो ।
अब संसदीय दलको नेतामा महतो चयन भएका हुन् । नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक तय गरिएको थियो ।
मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएको सांसद गोबिन्दबहादुर न्यौपानेले जानकारी दिए ।
नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर संकलन गरिएको सांसद न्यौपानेले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend