Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरू


    मंगलबार, पुष २१ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन आजदेखि सुरू हुँदैछ ।

    प्रतिपक्षी दलहरूकाे मागअनुसार पहिलोपटक बाेलाइएकाे प्रदेश सभाकाे विशेष अधिवेशन दिउँसो १ बजे पोखरा सभागृहमा बस्नेछ ।

    अधिवेशनमा जनसरोकारका विषयमा छलफल हुने छन् । सत्तारूढ दल नेकपाभित्रकाे केन्द्रिय विवाद पनि उठ्न सक्ने अनुमान गरिएकाे छ।

    गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् भने नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार