Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश इन्चार्जबाट पोखरेल र गुरुङलाई हटाउने निर्णय


    सोमबार, पुष २० २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षले लुम्बिनी र गण्डकी प्रदेशको इन्चार्ज हटाउने निर्णय गरेको छ।

    लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेल र गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङलाई हटाउने निर्णय गरिएकाे हो ।

    सोमबार बसेको प्रचण्ड -नेपाल पक्षको स्थायी समिति बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको स्थायी समिति सदस्य देव गुरुङले जानकारी दिए ।

    पोखरेल र गुरुङ सम्बन्धित प्रदेशको मुख्यमन्त्री समेत हुन् । पोखरेल र गुरुङको ठाउँमा स्थायी समिति सदस्य युवराज ज्ञवाली र देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको गुरुङले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार