Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • एसपी सरुवाको तयारी, चितवनमा जान चाहनेको लर्को


    सोमबार, पुष २० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौंं ।  प्रहरी प्रधान कार्यालयले एसपीहरुको सरुवा गर्ने तयारी गरेको छ । काभ्रेका एसपी रवि पौडेलको अवधि एक बर्ष पुगिसकेको छ । पर्सा, चितवन, बारा, पूर्वी नवलपरासीका एसपीको अवधि ११ महिना पुगेको छ ।

     आइजीपी थापा कम्तीमा एक बर्ष काम गर्न दिनुपर्ने पक्षमा छन् । तर पर्साकी एसपी गंगा पन्तको बारेमा धेरै नै गुनासो आएकाले एक बर्ष नपुगे पनि एसपी सरुवा गर्ने तयारी भइरहेको छ । चितवनमा सरुवा हुन प्रहरीको लर्को नै लागेको छ । चितवनपछिको रोजाइ पर्सा, काभ्रे र बारा छ । एसपी सरुवाको लागि सबैभन्दा बढी दबाब चितवनका लागि परेको गृहमन्त्रालय स्रोत बताउँछ । चितवन जान चाहनेहरुमा महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौर, अपराध महाशाखाका एसपी इश्वर कार्की, श्यामकृष्ण अधिकारी, आइजीपी सचिवालयका रमेश थापा लगायतका एसपीहरु दौडधूपमा छन् ।  

    एसपी राठौर सबैभन्दा बढी चितवन सरुवा हुन शक्तिकेन्द्र धाइरहेका छन् । नेकपा नफुट्दासम्म चितवनमा सरुवा हुन पुष्पकमल दाहाल‘प्रचण्ड’को संकेत चाहिन्थ्यो । तर नेकपा विभाजनपछि बालुवाटारको निगाहा प्राप्त नभएसम्म चितवन सरुवा हुन नपाउने अवस्था छ । राठौर प्रचण्डको निकट भएर चितवन जान खोजे पनि नेकपा विभाजनपछि बालुवाटारतिर मिलाउने कसरतमा लागेका छन् । उनी विगतमा पर्सामा हुँदा हुन्डी कारोबार र तस्करहरुसँग मिलेको सूचना पाएपछि तत्कालीन गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको निर्देशनमा ८ महिनामै तानिएका थिए ।

    सट्टेबाजी गिरोहका नाइके गौरव तिवारीसँग पनि उनको सेटिङ रहेको खुलेको थियो । तिवारीले राठौरकी श्रीमतीमार्फत् कारोबार गर्ने गरेको छानबिनका क्रममा खुलेको थियो । तिवारी पक्राउ परेपछि उनको मोवाइल चेक गर्दा भाइबर र इमोमा राठौरकी श्रीमतीसँग कनेक्सन देखिएको प्रहरी स्रोत बताउँछ । चितवनमा जान एसपीको लर्को लाग्नुको कारण त्यहाँ हुने अतिरिक्त कमाइ नै मानिएको छ ।

    एसपी राठौरको मिटरब्याजी अनुराग कुँवरसँग पनि कनेक्सन देखिएको छ । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके कुमार श्रेष्ठ ‘घैंटे’ को समूहका अनुराग कुँवरले राठौरसँग सेटिङ गरी केही दिन इटहरीका बिबादास्पद ठेकेदार नगेन्द्र श्रेष्ठबिरुद्द चेक बाउन्समा उजुरी दिएका थिए । कुँवरकै सेटिङमा  राठौरले श्रेष्ठलाई चेक बाउन्समा इटहरीबाट पक्राउ गरी काठमाडौं ल्याएका थिए ।  करोडौं करोड रुपैयाँ फसेकाहरुको बारेमा बेवास्ता गर्ने परिसरले ३० लाखको चेक बाउन्समा श्रेष्ठलाई इटहरीबाट पक्राउ गरी प्रहरीले बैँकिङ कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ ।

    चितवनमा प्रचण्डको चाहना बिपरीतका एसपीको खोजीमा महेश बस्नेत लागेका छन् । बस्नेतहरु गएको बैशाखमा सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरमा लिन जाँदा सहयोग गरेबापत एसपी अधिकारीले भरपूर सहयोग गरेकाले उनलाई चितवन लाने जोडबल लगाउन उनी लागेका छन् । बस्नेतहरुले सहमतिमै यादवलाई ल्याइएको बताए पनि उनले भने प्रहरीमा आफू अपहरणमा परेको जाहेरी दिएका थिए ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार