काठमाडौं । इलाममा भारतीय सीमा सुरक्षा बल एसएसबीले छापामार शैलीमा रातारात पिलर गाड्न प्रयास गरेकाे छ । इलामकाे सूर्योदय नगरपालिका-२ पशुपतिनगर हिलेमा एसएसबीले रातारात पिलर गाडेपछि स्थानीयले त्यसकाे प्रतिकार गरेका छन् ।
मध्य राती स्थानीय सुतेको मौका छाेपी एसएसबीले पिलर गाड्दै गरेको थाहा पाएपछि प्रतिकार गरेको स्थानीय शिक्षक तथा सामाजिक अगुवा जीवन शर्माले जानकारी दिए । उनका अनुसार पिलर गाड्दै गरेको अवस्थामा स्थानीयले अबरोध गरेको र नेपाली सुरक्षाकर्मीलाई जानकारी गराइएको थियाे ।
स्थानीयले प्रतिकार गरेपछि भारतीय पक्ष पछाडी हटेको थियो । पशुपतिनगर स्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुका अनुसार भारतीय पक्षले जिपिएसका माध्यमबाट उक्त भूमि आफ्नो भन्ने दाबी गर्दै बाँस रोपेको तर स्थानीयले उखेलेर हटाएको बताए ।
घट्ना स्थलमा पुगेको शसस्त्र प्रहरीबल र नेपाल प्रहरीको टोलीसँग एसएसबीको कदमको विरुद्ध छानबिन गर्न माग राखेपछि दुवै पक्षको बैठक बसेको छ । सोमबार विहान बसेको दुवै पक्षका सुरक्षा निकायबीचको बैठकले आगामी दिनमा यस्ता गतिविधि रोक्ने र केही गर्नुपरे दुवैपक्षको संयोजनमा अघि बढ्नुपर्ने समझदारी भएको लिम्बुले जानकारी दिए ।
बैठकमा शसस्त्र प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक नविन खतिवडा, इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक देउप्रसाद लिम्बु साथै भारतीय सुरक्षा बलका प्रतिनिधिबीच सीमा क्षेत्रका गतिविधि रोक्ने सहमति बनेको हो ।
हिलेमा यसअघि पनि पटक पटक सीमा विवाद हुँदै आएको छ । खुल्ला सीमाका कारण भारतीय सुरक्षा बल आफूखुशी नेपाली भूमिमा प्रवेश गर्ने र सीमा अतिक्रमण प्रयास गर्ने गरेको स्थानीयको दुखेसो छ । भारतीय पक्षबाट सीमामा नयाँ कमाण्डर खटिएर आउने वित्तिकै सीमा अतिक्रमणको प्रयास हुँदै आएको छ ।
पछिल्लाे समय भारतले नेपाली भूमिमा निरन्तर रूपमा अतिक्रमण गरिरहेकाे छ। भारतले यता दार्चुलाकाे महाकाली नदी मिचेर पक्की तटबन्ध निर्माण गरिरहेको छ। दार्चुलाकाे सदरमुकाम खलंगाको सीमाक्षेत्रमा महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो ।
अहिले भारतकै धौँलीगंगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन्।
नेपाल-भारत सीमा विवादमा चुच्चे नक्सासमेत जारी गर्ने केपी शर्मा ओलीले नेतृत्व गरिरहेकाे सरकार भने माैन रहेकाे छ । पिलर गाड्न खाेज्ने एसएसबीलाइ स्थानीयले लखेटेका छन् । तर यसबारे सरकारले अहिलेसम्म केहि प्रतिक्रिया जनाएकाे छैन ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend