हेटौंडा । राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री कमल थापाले देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको बताएका छन् । शुक्रबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय एकताको विषयमा राजनीतिक दलहरूको एटटै स्वर नहुँदा बाह्य शक्तिहरूले आक्रमण गर्ने गरेको बताए ।
उनले विदेशीहरूको ठूलो चलखेलले देशमा आर्थिक संकट उत्पन्न भएको विषम परिस्थितिमा पनि दलहरू विभाजित भएर एकअर्कालाई आरोप प्रत्यारोपमा लाग्नु स्वभाबिक नभएको बताए। अहिलेको अवस्थामा बिपी कोइरालाको मेलमिलाप नीति अवलम्बन गर्न नसक्दा राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको उनले जिकिर गरे ।
देश बचाउन राजा र जनताको साझेदारी आवश्यक रहेको उनको भनाइ छ। प्रजातन्त्र दिवसका अवसरमा राज ज्ञानेन्द्रे दिएको सकारात्मक सन्देशलाई केही नेताहरूले कटाक्ष गरेको भन्दै यो संविधानले बिचार र स्वतन्त्रताको ग्यारेन्टी गरेकोले राजाका बिचारलाई अतिक्रमण गर्न खोज्नु गलत भएको टिप्पणी गरे ।
अहिले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लाखौँ जनताहरू लागिसकेको भन्दै उहाँले राजाको मन्तव्य कसैको विरुद्ध नभएको बताए। राजालाई दोष देखाएर आफ्ना गल्तीहरू ढाकछोप गर्न खोज्नेहरूलाई अब जनताले नछाड्ने भन्दै उनले लोकतन्त्रको नाममा लुटतन्त्र गर्न कसैलाई छुट नभएको बताए ।
अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै थापाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुरस्थापना हुने समय आइसकेको दाबी गरे। विदेशी शक्तिहरूको प्रभाव देशमा परेकाले आफूहरू विस्थापित हुनुपरेको भन्दै उनले अब राप्रपाको एकता जरुरी भएको बताए ।
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend