Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतमा पाँच जनामा देखियाे नयाँ संक्रमण


    बिहिबार, पुष १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । भारतमा कोभिड १९ का नयाँ स्वरुपका सङ्क्रमितहरु भेटिएको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हालैमात्र पाँच जना नयाँ सङ्क्रमित भेटिएको समाचारमा जनाइएको छ ।

    योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको समाचारमा जनाइएको छ ।उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

    कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् ।

    भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको बताएको थियो । यसअघि र यो पछिल्लो पटक देखिएका यी सङ्क्रमितहरुका बारेमा भने भारतले केही सूचना दिएको छैन । उनीहरुलाई सरकारले नै स्वास्थ्यकर्मीहरुको सहयोगमा आइसोलेसनमा राखेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार