Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज ६ सय कोरोना संक्रमित थपिए


    बुधबार, पुष १५ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ११ सय ५९ जनामा कोरोना पुष्टि भएको हो। 

    मंगलबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ। 

    मंगलबार मात्र ६ सय जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। नेपालमा आज सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको मन्त्रालयले जनाएको छ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार