काठमाडौं । केही दिनअघि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा सरुवा भएका एक प्रहरी अधिकृतले सत्तारुढ पार्टीका सांसद तथा काँग्रेस केन्द्रीय सदस्यको घरमै पुगेर आशीर्वाद लिएको घटनाले खुवै चर्चा पाएको छ ।
फौजी अनुशासन र प्रहरी सेवाबिरुद्ध भएको यो घटनाले नेपाल प्रहरीको छविमा आँच पुगेको बिभिन्न प्रतिक्रिया आउन थालेको छ । सिन्धुपाल्चोकबाट केही दिनअघि त्यहाँ कार्यरत एसपी सन्तोष खड्काको सरुवा भएको थियो । उनको ठाउँमा काठमाडौंमा कार्यरत रामेश्वर कार्की सरुवा भएका थिए । तर, उनी कार्यक्षेत्र नजाँदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नम्वर २ का सांसद मोहनबहादुर बस्नेतको निवासमा पुगेर आशीर्वाद लिएको तस्वीर सामाजिक सञ्जालमा व्यापक भएको छ ।
नेपाली काँग्रेसका एक कार्यकर्ता रामकुमार थापाले फेसबुकमा हालेको तस्वीरमा एसपी कार्की खादा लगाएर उभिएको देखिन्छ । थापाले फेसबुकमा मोहन बस्नेतको सिफारिस र समन्वयमा एसपी कार्की सिन्धुपाल्चोक सरुवा भएको उल्लेख गरेका छन् । उनको फेसबुकमा अधिकांशले एउटा नेताको सिफारिसमा जिल्ला जाने प्रहरी अधिकृतले कस्तो काम गर्लान् भनेर प्रतिक्रिया लेखेका छन् ।
काबिल प्रहरी अधिकृतका रुपमा चिनिए पनि कार्कीले बस्नेतको घरमै पुगेर खादा लगाउनुले उनी कार्की काँग्रेसी कार्यकर्ताको तहमा ओर्लिएको प्रतिक्रिया आउन थालेको छ ।
११ माघ, २०८१ मा भएको १७ एसपीको सरुवा भएको थियो । जसमा कार्कीको सिन्धुपाल्चोकमा सरुवा भएका थिए । हाजिर
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend