Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोनाका कारण बाँकेमा थप तीन जनाको मृत्यु


    बुधबार, पुष १५ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बाँके । बाँकेमा कोरोना संक्रमणबाट  थप तीन जनाको मृत्यु भएको छ । दुई जना बाँकेका र एक जना बर्दियाका संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।

    बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको उपचारका क्रममा हिजो  राति १० ३० बजेतिर मृत्यु भएको छ । उनी यही पुस ५ गते कोहलपुर मेडिकल कलेज भर्ना भएका थिए । सोही दिन कोरोना संक्रमण पुष्टि भएका उनी गम्भीर भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।
    बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका–२० का ६६ वर्षीय पुरुषको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । ७ गते सैनिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको हो ।

    त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–९ निवासी ८५ वर्षीय महिलाको उपचारको क्रममा मंगलबार राति साढे १० बजेको समयमा बाँकेमै मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार