काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गर्ने तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित ८ जनाबिरुद्ध जनही १ करोड २५ लाख रुपैयाँ बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दायर गरेको छ ।
किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैकमा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पुर्याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरेकाले मुद्दा दायर गरेको छ ।
बैंकका सहायक कुलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद जसगढ, सकिना जसगढ र सूचीकृत धितो मूल्यांकनकर्ता कर्णबहादुर केके छन् । आठै जनासँग जनही १ करोड २५ लाख बिगो माग गरिएको छ ।